केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले एकपछि अर्को झुट बोलेको आरोप लगाएका छन् ।

उनले ललितपुरमा आज आयोजित विरोध सभामा बोल्दै ओलीको नाम नै कीर्तेप्रसाद ओली राखिदिनुपर्ने बताएका हुन् । ओलीले एकपछि अर्को कीर्ते काम गरेको भन्दै उनले ओलीलाई कीर्तेप्रसाद ओली नाम भएको दाबी गरेका हुन् ।

‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो,’ थापाले भने ।

साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाए । थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको समेत आरोप लगाए ।

विरोध सभामा बोल्दै थापाले केपी ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?