सुकेको रुखको विषयमा विवाद हुँदा कुटपिट गरी एक जनाको हत्या

काठमाडौं । सिरहामा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय ललित नारायण चौधरी समेत ३ जनालाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अरुण कुमार यादव र सोही ठाउँ बस्ने दिनेश यादवलाई ललित नारायण चौधरी समेत ४ जनाले शनिवार साँझ सिमानामा रहेको सुकेको रुखको विषयमा बिवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीवार मृत्यु भएको हो ।

साथै घाइते दिनेशको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?