काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगको भरोसा रहेको बताएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जोक्कर भएको र उनको पछि कोही पनि नलाग्ने बताए ।
साथै प्रधानमन्त्री ओलीले भनेझै आफूहरु भगौडा नभएको समेत दाबी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने( ‘७२ प्रतिशत केन्द्रीय समिति भएको पक्ष भगौडा हुने, अनि ३० प्रतिशत पनि नभएका चाहिं आधिकारिक ? उनले भने( केपी ओलीको दिमागबाहेक अन्त कहीँ यस्तो हुन्छ ?’
साथै आफूहरुले सधैँ ओलीलाई बैठकमा बोलाएको तर ओली सधैँ बैठकबाट भागेको आरोप लगाएका छन् ।
दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे। निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफ्नै बताए। साथै प्रधानमन्त्री ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको उनको आरोप छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया