लाठी प्रहार गरी भाइको हत्या गर्ने पक्राउ

काठमाडौं । बाँकेमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको
अभियोगमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?