प्रधानमन्त्रीको अन्तर्वार्तापछि बोले गोकुल बाँस्कोटा : प्रचण्ड समूहलाई यस्तो ‘सटायर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।

मंगलवार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान भन्दै टिप्पणी गरेका छन् ।

साथै नेपाली जनताले प्रधानमन्त्री ओली ठिक भन्दै आएको समेत उनले दाबी गरेका छन् ।

“अब प्रम ओलीले दिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होलान प्रचण्ड टोलीले। अथवा डा. रावलले नयाँ थेसिस लेख्लान ओलीको लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन।” ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?