अष्ट्रेलिया Vs भारत सिड्नी टेस्ट : राष्ट्रियगानको बेला रोए मोहम्मद सिराज (भिडियो)

काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्टको सीरीजको तेश्रो म्याच आज सिड्नीमा भइरहेको छ । म्याचमा राष्ट्रिय गानको बेला भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज इमोशनल भएर रोएका छन् ।

सोसल मिडियामा उनको उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

उनको यो भिडियो क्रिकेट अष्ट्रेलियाले शेयर गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियालाई पहिलो झट्का मोहम्मद सिराजले नै दिएका छन् ।

उनले ओपनर डेभिड वार्नरलाई ५ रनमा पेभेलियन फर्काएका छन् । सिराजले यसै टेस्टको दोश्रो म्याचबाट डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?