काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । बुधवार राति मिलानको मैदानमा भएको खेलमा युभेन्टसले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १८ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
तर, ४१ औं मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ६२ औं मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्टसलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै युभेन्टस लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्टसले १५ खेलमा ३० अंक जोडेको छ ।
मिलानले १६ खेलमा ३७ अंक जोडेको छ । मिलान शीर्ष स्थानमा कायम रहेको छ । युभेन्टससँग पराजित भएसँगै मिलानको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया