म्यानचेस्टर डर्बी भिडन्त : कसले मार्ला बाजी ?

काठमाडौं । काराबाओ कप (इएफएल) फुटबलको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटीभिड्दै छन् । ओल्ड ट्राफोर्डमा हुने म्यानचेस्टर डर्बी भिडन्त नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।

टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

घरेलु मैदानमा सिटीविरुद्ध युनाईटेडका फरवार्ड एडिन्सन काभानीले खेल्ने छैनन् । ३ खेलको प्रतिबन्धको कारण उनी टिम बाहिर रहेका छन् । तर, सिटीका ग्राबियल जिसस र केली वाल्करले युनाईटेडविरुद्ध खेल्ने सम्भावना रहेको छ ।

उनीहरु कोरोनाको कारण सेल्फ आईसोलेसन अवधि पुरा गरेर टिममा सामेल भईसकेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?