पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले चुम्यो टेस्ट सिरिज

काठमाडौं । न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । क्राइस्टचर्चमा बुधवार दोस्रो टेस्टमा पाकिस्तानलाई एक इनिङ्स १ सय ७६ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २-० ले आफ्नो बनाएको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २ सय ९७ रन बनाएको थियो ।

उसका अजहर अलीले ९३ रन जोड्दा मोहमद रिजवानले ६१ रन बनाए । फाहिम आश्रफले ४८ रन जोड्दा जफर गोहारले ३४ रन बनाए ।

न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । कप्तान केन विलियमसनले दोहोरो शतकीय इनिङ्स खेलेपछि पहिलो इनिङ्समा न्युजिल्याण्डले ६ सय ५९ रनको उच्च योगफल तयार गरेको थियो ।

Image
न्युजिल्याण्डको उच्च योगफलमा विलियमसनले २ सय ३८ रन बनाए । यस्तै हेनरी निकोल्सले १ सय ५७ रन बनाए ।

त्यस्तै ड्यारल मिचेलले अविजित रहदै १ सय २ रन बनाए ।

पाकिस्तानका शहिन शाह अफ्रिदी,मोहम्मद अब्बास र फहिम आश्रफले २र२ विकेट लिए ।

Image

न्युजिल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको पाकिस्तान १ सय ८६ रन जोड्दा अलआउट भएपछि घरेलु टिम एक इनिङ्समै विजयी भएको हो ।

दोस्रो इनिङ्समा पाकिस्तानका अजहर अली र जफर गोहारले समान ३७र३७ रन बनाए ।

 

फाहिम आश्रफले २८ र अबिद अलीले २६ रन जोडे । न्युजिल्याण्डका केली जेमिसनले ६ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा ३ विकेट रह्यो ।

आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?