बार्सिलोनाका दुई जना स्टाफलाई कोरोना पुष्टि, प्रशिक्षण स्थगित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फस्ट टिमका दुई स्टाफलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै दुई स्टाफमा कोरोना देखिएको जनाएको हो ।

दुई स्टाफमा कोरोना देखिएपछि बार्सिलोनाले सरकारी अधिकारीलाई जानकारी समेत गराएको छ । स्टाफमा कोरोना देखिएपछि बार्सिलोनाले टिमको प्रशिक्षण समेत स्थगित गरेको छ ।

यस्तै बार्सिलोनाले आफ्ना खेलाडीको समेत कोरोना परिक्षण गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?