टोटेनहम ‘इएफएल’ कपको फाइनलमा

काठमाडौं । टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो ।

टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

यस्तै खेलको ८४ औं मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।

दुई म्यानचेस्टरबीचको भिडन्त आज बुधवार राति हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?