नेपाली टिम पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा, खेल जिते हात पार्नेछन् २३ करोड ४४ लाख

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनल आउँदो जनवरी २१ देखि २४ मा हुने भएको छ । उक्त च्याम्पियनशिपमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ उपाधिका लागि फाइनलमा भिड्दै छ ।

PUBG MOBILE World League (PMWL) 2020: All you need to know about it

विश्वभरका २४ वटा टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुगेको हो । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । सो टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

PUBG Mobile Global Championship 2020: Everything You Need To Know »  TalkEsport

दुबईमा हुने फाइनल खेलको विजेताले २० लाख अमेरिकी डलर अर्थात् झण्डै २३ करोड ४४ लाख रूपैयाँ हात पार्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?