२५ दिनपछि पारस खड्का कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् ।

पारसले सोमवार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएका छन् ।  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको क्रममा पारसलाई कोरोना संक्रमण देखिएको थियो ।

उनले कोरोना संक्रमणका कारण चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?