साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको हो । सोमवार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

ड्यानी इङ्सले गोल गरेपछि साउथह्याम्पटनले लिभरपुलविरुद्ध घरेलु मैदानमा जित हात पारेको हो । ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।

 

Image

हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ ।

साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?