लिभरपुल र साउथह्याम्पटन भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले साउथह्याम्पटनसँग भिड्दै छ । लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा भिड्ने छ ।

लिभरपुल र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । दुबै टोली जित निकाल्ने लक्ष्यमा मैदान उत्रने छन् ।

लिभरपुल १६ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साउथह्याम्पटन पनि लिभरपुललाई हराउने लक्ष्यमा हुनेछ ।

घरेलु मैदानमा लिभरपुललाई हराएर साउथह्याम्पटन अंक तालिका सुधार गर्न चाहन्छ ।

साउथह्याम्पटन २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?