काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्द होबार्ट हुरिकेन्स पराजित भएको छ । सोमवार भएको खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो ।
मेलबर्नले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याकडेर्मोटले ९१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले २६ रन जोड्दा कोलिन इन्ग्रामले १७ रन बनाए । पिटर ह्यान्डकम्पले २१ रन जोडे । मेलबर्नका साम रेनबर्डले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।
मेलबर्नका लागि मार्कुस स्टोनिसले अविजित रहदै ९७ रनको अर्धशतकीय इनिङ्स खेले । होबार्टका नाथन एलिसले ३ विकेट लिए । रिले मेरेडिथले २ तथा सन्दीपले १ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ३६ रन खर्चिएर १ विकेट हात पारेका हुन् । सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । अघिल्लो खेलमा उनले २ विकेट लिएका थिए ।
जितपछि मेलबर्नले ७ खेलमा १५ अंक जोडेको छ । होबार्ट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया