काठमाडौं । लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेटमा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भएको छ । गण्डकी प्रदेश १ सँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
योसँगै प्रदेश १ समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ अल आउट भएको थियो । गण्डकीका ९ खेलाडी शून्यमा आउट भए । कुसुम गोदर र सोनिया थापाले २–२ रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । गण्डकीले बनाएको ७ मध्य तीन वाइडको रुपमा थियो ।
पहिलो ओभरको दोस्रो बलमा ओपनर पुर्णता शाहीलाई सबनम राईले शून्यमा बोल्ड आउट गरिन् । पाँचौ बलमा प्रमिला बानिया शून्यमा बोल्ड आउट भइन् । अर्को बलमा सृष्टि पौडेललाई शून्यमै एलबिडब्लू आउट गरिन् । पहिलो ओभरमै कर्णाली २–३ को कमजोर अवस्थामा पुगेको थियो । जोडेको दुबै रन वाइडको रुपमा थियो ।
दोस्रो ओभरको दोस्रो बलमा संगिता राईले कप्तान शीला रेग्मी क्षेत्रीलाई शून्यमै बोल्ड आउट भइन् । पाँचौ बलमा एलिसा लामिछाने शून्यमा एलबिडब्लू आउट भइन् । तेस्रो ओभरको दोस्रो बलमा सबनमले सीमा केसीलाई बोल्ड आउट गर्दा गण्डकी २–६ को कमजोर अवस्थामा पुगेको थियो । शीर्षक्रमका कुनैपनि ब्याटरले रन जोड्न सकेनन् ।
चौथो ओभरको चौथो बलमा संगिताले सृष्टि पौडेललाई शून्यमै बोल्ड आउट गरेकी थिइन् । तल्लोक्रमका ब्याटर पनि शून्यमै आउट हुन पुगे । तीव्र गतिका बलर सबनम राईले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ४ विकेट लिइन् । स्पिनर संगिता राईले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ५ विकेट लिइन् । अप्सरी बेगमको नाममा १ विकेट रह्यो ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ४७ रन बनाए ।
योसँगै समूह बी बाट प्रदेश १ समूह विजेता बनेको छ । शनिबार हुने सेमिफाइनलमा प्रदेश १ ले समूह ए को उपविजेता लुम्बिनीसँग भिड्ने छ। ३ खेलमा २ मा जित १ मा हार सहित समूह बी बाट उप विजेताको रुपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले समूह ए को विजेता एपिएफसँग भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया