काठमाडौं । दुबईमा बुर्ज खलीफा, न्यूयोर्कमा टाइम्स स्क्वायर र सिड्नीमा हार्बर ब्रिजको चर्चा सारा विश्वमा हुन्छ । सिंगापुर, मस्को, पेरिस, बर्लिन र लण्डन जस्ता शहरमा पनि न्यू इयर सेलिब्रेशनको इभेन्ट क्यान्सिल भएको छ ।
विश्वका यी तीन शहर, जहाँ नयाँ वर्षको धेरै चर्चा हुन्छ
१. दुबईको बुर्ज खलीफा
सारा विश्व नयाँ वर्षको तयारीमा छ । बुर्ज खलीफामा लाइट्सहरु जलाइन्छ । यो पटक बुर्ज खलीफामा लाइट र लेजर शो हुनेछ । मानिसलाई त्यहाँ बनाइएका पाँच गेटबाट क्यूआर कोड देखाएर इन्ट्री मिल्नेछ । प्रोग्राम ‘mydubainewyear.com’ मा लाइभ स्ट्रिमिङ हुनेछ ।
२. सिड्नीको हार्बर ब्रिज
अष्ट्रेलियाको शहर सिड्नीमा पनि नयाँ वर्षको भव्य माहोल बन्छ ।भनिन्छ कि, यो संसारकै सबैभन्दा पहिलो शहर हो । जहाँ नयाँ वर्षको खुशीयाली मनाइन्छ । ३१ डिसेम्बरको दोश्रो प्रहरमा सिड्नीको हार्बर ब्रिजमा फेरि रे, म्यूजिकल इभेन्ट्स र सैन्य प्रदर्शनका प्रोग्राम न्यू इयरमा हुन्छन् । यो वर्ष यी सबै हुनेछन् । तर कोरोनाका कारण मानिस भेला हुन रोक लगाइएको छ । सिड्नीका मानिस मात्र लाइभ हेर्नेछन् ।
३. न्यूयोर्कको टाइम स्क्वेयर
२४ घण्टा बत्तीले जगमगाउने शहर न्यूयोर्कको टाइम स्क्वायरमा ३१ डिसेम्बरको रात भीड हुनेछैन । ३१ डिसेम्बर साँझ सकिएपछि न्यूयोर्कका पुलिसले आम मानिसलाई टाइम्स स्क्वायर जान रोक्नेछन् । मानिसले भर्चुअली रुपमा न्यू इयरको काउन्डाउन र बल ड्रप देख्न सक्नेछन् । सबैभन्दा पहिला बल त्यहाँ १९०७ मा ड्रप गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया