आईसीसी टेस्ट र्‍यांकिङमा रहाणेको छलाङ

काठमाडौं । अष्ट्रेलियाविरुद्धको मेलबर्न टेस्टमा शतक बनाएका भारतीय क्रिकेटर अंजिक्य रहाणे आर्यसीसी टेस्ट र्‍यांकिङको टप १० मा परेका छन् ।

उनले ५ स्थान छलाङ मार्दै छैटौँ नम्बरमा आइपुगेका छन् ।

उनले अष्ट्रेलियाविरुद्ध बक्सिङ डे टेस्टमा ११२ रनको पारी खेलेका थिए ।

भारतीय क्रिेकट टीमका कप्तान विराट कोहली दोश्रो स्थानमा रहेका छन् ।

रहाणे भने तेश्रो पटक छैटौँ नम्बरमा आएका हुन् । टेस्टमा उनको बेस्ट र्‍यांकिङ पाँच हो । उनी २०१९ मा यो स्थानमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?