काठमाडौं । जितसँगै एट्लेटिको मड्रिडले ला लिगा फुटबलको शीर्ष स्थानमा बस्दै यस वर्षको अन्त्य गरेको छ । बुधवार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् । शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । एट्लेटिकोले दोस्रो स्थानको रियलसँग २ अंकको अग्रता लिएको छ ।
गेटाफे १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया