नेकपा काभ्रे जिल्ला अध्यक्षमा अशोक ब्याञ्जु

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएर दुई पक्ष बनेसँगै जिल्ला कमिटीहरुमा पनि त्यसको प्रभाव देखिन थालेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ ।

धुलिखेल नगरपालिकाका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

त्यस्तै कमिटीको सचिवमा नारायण पाण्डे चयन भएका छन्। बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी समेत घोषणा गरेको छ ।

पार्टी एकताको भावना र बिधान विपरित गुटबन्दी गरि बहुमत अल्पमतको आधारमा आफ्नै पार्टीको नेतृत्वको जननिर्वाचित बहुमतको सरकार ढाल्न पार्टी भित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रती बैठकले खेद समेत ब्यक्त गरेको छ ।

बैठकले काभ्रे जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कमिटीमा मनोनित रामहरी सुवेदी, कुमार खकुरेल, नारायण पाण्डे, भिम न्यौपाने, कुमार थापा, अशोक ब्याञ्जु, अम्बुभवानी कार्की, नवीना लामा, रेशम लामा, चन्द्र लामा, उद्धव केसी, रिता ढकाल, रुक्मणी बराईली, प्रकाश गौतमलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?