बराबरीमा रोकियो चेल्सी

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आईतवार राति घरेलु मैदानमा भएको खेलमा चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको हो ।

चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

चेल्सीले ओलिभर जिराउडको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए ।

दुवै टोलीले समान एक अंक बटुले । समान २६ अंक जोडेका एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?