नेपालको मामिलामा हस्तक्षेप गर्दैनौं- चीन

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएका हुन् । प्रवक्ता लिजियानले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ छ, चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको र मित्रवत सम्बन्ध मात्र बनाएको हो ।’

उनलाई चिनियाँ टोलीको उच्चस्तरीय नेपाल भ्रमणबारे सोधिएको प्रश्नमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले भ्रमण महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेको बताउँदै आफूहरु हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?