काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ब्रोमसँग बराबरी खेल खेल्दै अंक बाडेको छ । आईतवार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्ट ब्रोमसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
साडियो मानेले खेलको १२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ८ मिनेट अघि सेमी अजायीले गोल गर्दै वेस्ट ब्रोमलाई बराबरीमा ल्याएका थिए ।
शीर्ष स्थानको लिभरपुलले ३२ अंक जोडेको छ । दोस्रो स्थानको एभर्टनसँग लिभरपुलको अझै स्पष्ट तीन अंकको अग्रता छ । वेस्ट ब्रोम ८ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया