अष्ट्रेलिया Vs भारत : रहाणे र जडेजाले सम्हाल्दै भारतको पारी, टेस्टमा स्टार्कको २५० विकेट पूरा

काठमाडौं । भारत र अष्ट्रेलियाको बीच ४ म्याचको टेस्ट सीरीजको दोश्रो म्याच मेलबर्नमा भइरहेको छ । यो बक्सिङ डे टेस्टको दोश्रो दिन भारतले अष्ट्रेलियामाथि दूरी बढाएको छ ।

भारतीय कप्तान अंजिक्य रहाणे र रविन्द्र जडेजा क्रिजमा रहेका छन् ।

अहिलेसम्म रहाणेले ६४ र जडेजाले १२ रन बनाएर खेलिरहेका छन् । त्यस्तै अष्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले टेस्ट क्रिकेटमा २५० विकेट पूरा गरेका छन् ।

उनले भारतीय ब्याट्सम्यान ऋषभ पन्तलाई आउट गर्दै यो उपलब्धि हात पारेका हुन् । कप्तान रहाणले आफ्नो करियरको २३ औँ अर्धशतक प्रहार गरेका छन् ।

अष्ट्रेलियाविरुद्ध भने उनको ५ औँ अर्धशतक बनाएका छन् । विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले ४० बलमा २९ रन बनाएर आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?