काठमाडौं । उद्योगी विनोद चौधीले बलिउड अभिनेता सलमान खानलाई जन्मदिनको शुभकामना दिएका छन् । आफ्नो अफिसीयल फेसबुक अकाउन्टमा दबंग स्टार खानसँगको फोटो शेयर गर्दै अर्बपति चौधरीले उनलाई जन्मदिनको शुभकामना दिएका हुन् ।
“बेजोड गुण भएका अद्भुत व्यक्ति जो आफ्नो बीइङ ह्यूमन ब्राण्डमा निष्ठावान छन्,” उनले लेखेका छन्, “जन्मदिनको शुभकामना सलमान भाइ । मानिसहरूलाई निरन्तर प्रेरणा दिन र दरिद्रहरूको सेवा गर्न जारी राख्नुहुनेछ भन्ने कामना गर्दछु ।”

मध्य प्रदेशको इंदौरमा सन् १९६५ डिसेम्बर २७ मा जन्मेका खान लेखक सलीम खान र सुशीला चरकका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया