काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यो संसद विघटनपछि पहिलो पटक बोलाइएको मन्त्रिपरिषद् बैठक हो ।
यसअघि आइतवार मन्त्रिपरिषद् बैठक बसेको थियो । आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद विघटन गेर्नसम्बन्धी रिफारिस राष्ट्रपति समक्ष बुझाउने निर्णय गरेको थियो ।
संसद विघटनपछि ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । आजको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु नियुक्त गर्न लागेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया