संसद विघटनविरुद्ध रिटमाथि बहस जारी, वकिलसँग झोक्किए प्रधानन्यायाधीश राणा !

काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ । बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् ।

बहसका क्रममा उनले ‘इजलासबाट ल्याप्चे नलगाई देओस्’ भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याम्चेको अर्थ थाहा छ, बहस सुन्दिनँ ।’

त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् । उनले राष्ट्रपतिले सरकारको सिफारिस इन्कार नगरी हतारमा संसद विघटनको निर्णय लिएको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?