काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद न्यायपूर्ण रुपमा निरुपण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
शुक्रवार (आज) बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउँन आयोग पुगेका नेकपा प्रचण्ड नेपाल समूहसँग छलफल गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले प्रचलित कानुनको परिधिमा रही आयोगले नेकपाभित्रको विवाद निरुपण गर्ने बताए ।
त्यसका लागि निर्वाचन सम्बन्धी कानुन तथा दल दर्ताका आधारमा पेश गरेको विधान, अध्यावधिक विधान रहेको बताउँदै उनले त्यसैको आधारमा समस्याको निरुपण गरिने बताए ।
संसद विघटनपछि सर्वोच्चमा दर्जन बढी रिटहरु परेका छन् । त्यसको आज नै संवैधानिक इजलासले सुनुवाई थालेको छ । त्यसबाट केही नजीरहरु पुनः स्थापीत भएको बताउँदै उनले सबै विषयहरुलाई राखेर सकेसम्म तोकिएको समय अगावै विवाद निरुपण हुनेगरी काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया