काठमाडौं । चर्चित अभिनेत्री प्रियंका चोपडाले एक पटक फेरि रेसमा सबैलाई पछारेकी छन् ।
उनले अक्षय कुमार, शाहरुख खान र सलमान खान जस्ता बलिउड हस्तीलाई समेत ब्राण्ड भ्याल्यूमा पछि पारेकी हुन् । फिल्म स्टार्सको ब्राण्ड भ्याल्यू तय गर्ने एक कम्पनीले एक दाबी गरेको छ ।
कम्पनीका अनुसार ब्राण्ड भ्याल्यूको मामिलामा प्रियंका चोपडा शाहरुख खान र दीपिका पादुकोण जस्ता स्टार्स भन्दा धेरै अगाडि रहेकी छिन् । शाहरुखको ब्राण्ड भ्याल्यू २.०९ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै दीपिका पादुकोणको २.११ अर्ब रहेको छ । त्यस्तै सलमान खानको ब्राण्ड भ्याल्यू २.५२ अर्ब र अक्षय कुमारको २.६० रहेको छ ।
अभिनेत्री प्रियंकाको ब्राण्ड भ्याल्यू भने २.६५ रहेको छ । कम्पनीले यो डाटा सोसल मिडिया र गूगल सर्चको आधारमा तयार पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया