काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध संसदीय दलका उपनेतासमेत रहेका सामाजिक विकासमन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
शुक्रवार (आज) नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
त्यस्तै बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, उधोग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको भावना अनुरुप काम गर्न नसकेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यो प्रदेशमा नेकपाका ८० सांसद छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा परेको छ ।
सत्तारुढ नेकपा भित्र आन्तरिक विवाद चुलिएको छ । जसको कारण सत्तारुढ नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समूहमा विभाजित भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया