बक्सिङ डे टेस्टका लागि टीम इण्डियाको घोषणा : शुभमन गिल र सिराजले डेब्यू गर्दै

काठमाडौं । चार टेस्ट म्याच सीरीजको दोश्रो म्याचका लागि टीम इण्डियाले प्लेइङ-११ को घोषणा गरेको छ ।

यसबाटै दुई जना खेलाडीले टेस्टमा डेब्यू गर्दैछन् ।

सीरीजमा जितको खोजीमा रहनको लागि भारतले यो म्याच जित्नै पर्ने हुन्छ । पहिलो म्याचमा भारतलाई ८ विकेटले हराएर अष्ट्रेलिया सीरीजमा १० ले अगाडि रहेको छ । यो म्याचमा शुभमन गिल र सिराजले डेब्यू गर्दैछन् ।

विकेटकिपिङको जिम्मेवारी ऋद्धिमान साहाबाट ऋषभ पन्तलाई दिइएको छ । पहिलो म्याचमा ओपनिङ गरेका पृथ्वी शालाई टीमबाट निकालिएको छ भने रविन्द्र जडेजा टीममा परेका छन् ।

कप्तानीको जिम्मा अंजिक्य रहाणेलाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी चेतेश्वर पुजारालाई दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?