संसद विघटनविरुद्ध मुद्धाको सुनुवाई शुरु, अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै

काठमाडौं । संसद विघटनविरुद्धको मुद्धाको सुनुवाइ शुनुवाई भएको छ ।

मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेसँगै त्यसको खारेजीको माग राख्दै सर्वोच्चमा दर्जन बढी रिटहरु परेका छन् । बुधवारका लागि सुनुवाईको मिति तोकिएपनि प्रधानन्यायाधिश जबराले आजको लागि संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए ।

संसद विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलासमा पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?