काठमाडौं । संसद विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलासमा पेशी तोकेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटनगरेसँगै सर्वोच्चमा दर्जनबढी मुद्धाहरु परेका थिए । त्यसको सुनुवाई बुधवार हुने भनिएपनि आजको लागि संवैधानिक इजलासले पठाइएको थियो ।
ती रिटको प्रारम्भिक सुनुवाइ बुधवार भएको थियो। आज संवैधानिक इजलासले ती रिटको सुनुवाई हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया