काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड( नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
बिहीवार (हिजो) बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कदकविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।
यसअघि उक्त समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । माइतीघरबाट नाराबाजीसहित सर्वोच्च पुगेको प्रचण्ड नेपाल समूहले नाराबाजीसहित निर्वाचन आयोग पुगेको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका थिए ।

पार्टी फुटको अन्तिम अवस्थामा पुगेका बेला प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहबीच कुन वैधानिक भन्ने विषयमा विवाद देखिएको छ । दुवै समूहले आफूलाई वैधानिक रहेको दाबी गरिरहेका छन् । यसैक्रममा मंगलवार प्रचण्ड नेपाल समूहले बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया