काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात त्यसविरुद्ध रणनीति तयार गर्न गत मंगलवारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ ।
यसअघि बिहीवार (हिजो) बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकारको विरुद्ध तत्काल आन्दोलनमा जाने वा नजाने भन्ने विषयमा मतभिन्नता देखिएको थियो । तर बिहीवारको बैठकले पुस १३ गते देशभर क्षेत्रिय कार्यसमितिको आयोजनामा आन्दोलनमा जाने निर्णय गरेको हो ।
हिजोको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र अर्जुननरसिंह के.सी.ले आ–आफ्नो धारणा राखेका थिए । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य केसीले नेकपाका दुवै पक्षसँग कांग्रेसले समदूरी र समान व्यवहारको नीति अपनाउनुपर्ने बताएका छन्।
बिहीवार (आज) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया