संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्द सत्तारुढ दलकै नेताहरु आन्दोलनमा उत्रिएका छन् ।

यसैक्रममा शुक्रवार(आज) प्रधानमन्त्री ओलीको कदमविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड माधव नेपाल समूह आन्दोलनमा उत्रिएको हो ।

बिहीवार बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल समूहले ओलीको कदमविरुद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए । सोही अनुरुप बिहान १० बजेबाट काठमाडौंको माइतीघरमा नेताहरु आन्दोलनमा शुरु गरेका हुन् ।

साथै बिहीवार(हिजो) को बैठकले १४ गते देशभर आन्दोलनको घोषणा समेत गरेको छ । आज नै केन्द्रीय सदस्यहरुसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा जाने कार्यक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?