पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य रुपमा लिनुहुन्न : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

आज बसेको प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।

“अहिले देशमा जुन प्रकारको घटनाक्रम देखापरेको छ । त्यो सामान्य नरहेर ठुलो बलिदानीपूर्वक राजनीतिक संघर्षबाट प्राप्त गरेको एतिहासिक राजनीतिक परिवर्तन, त्यो परिवर्तनलाई संस्थागत गर्ने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध आएको र हामीले एकपटक त्यसलाई फेरी एकपटक एतिहासिक राजनीतिक परिवर्तनको रक्षा गर्न एकपटक संघर्ष गर्न अग्रसर हुन आवश्यक्ता रहेको छ । “उनको भनाइलाई उदृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

त्यस्तै आजको बैठकले संसद विघटनविरुद्ध देशभर आन्दोलनमा जाने निर्णय समेत उक्त समूहले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?