फिफा क्लब विश्वकपको खेल तालिका र स्थान सार्वजनिक

काठमाडौं । फिफा क्लब विश्वकपको खेल तालिका र स्थान सार्वजनिक भएको छ । सन् २०२० को क्लब विश्वकप कोरोना महामारीका कारण स्थगित भएको थियो ।

नयाँ तालिका अनुसार कतारमा सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म क्लब विश्वकप आयोजना हुनेछ ।

प्रतियोगिताका लागि तीन रंगशाला तय गरिएको छ । जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन् ।

अहमद विन अली रंगशाला भर्खरै मात्र उद्घाटन गरिएको थियो ।

फिफाले आयोजना गर्ने विश्व क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा ६ महादेशका टिमलाई समावेश गरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?