नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै, आवेदन खुला

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ ।

यो संस्करण वासिङ्गटन डिसीमा केन्द्रित रहेर आयोजना गरिने भएको छ । यसका लागि विश्वभरबाट आवेदन खुला समेत गरिएको छ ।

महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । नेपाल बाहेक अमेरिका, दक्षिण एशियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?