एकै समयमा छुट्टा-छुट्टै बैठक बस्दै ओली र प्रचण्ड समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक बिहीबार बस्दैछ ।

ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ बजे तय भएकोमा १ बजेका लागि सारिएको हो ।

मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक राखेका थिए । मंगलवारको बैठकमा ओली समूहले ११९९ सदस्यीय केन्द्रीय समिति विस्तार र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सो पक्षले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?