काठमाडौं । कारबाओ कप फुटबलमा टोटेनहम हर्टसपरले स्टोक सिटीलाई पराजित गरेको छ । बुधवार राति भएको क्वार्टरफाईनल खेलमा टोटेनहमले स्टोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै टोटेनहम कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ । ग्यारेथ बेलले २२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा स्टोक सिटीका जोर्डन थम्पसनले लागि बराबरी गोल फर्काएका थिए ।
वेन डेभिसिले ८० औ मिनेटमा पुन टोटेनहमलाई २–१ ले अघि बढाए । कप्तान ह्यारी केनले ८१ औंं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई ३–१ को जित दिलाए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया