प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच नेता कार्यकर्ता आफूतिर तान्ने होडबाजी सुरु भएको छ । संसद विघटनपछि दुई पक्षले आफू नै आधिकारिक नेकपा रहेको दावी गर्दै आएका छन् ।
यसैबीच पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी छैनन् । अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिरै लाग्ने बताइएपनि बादल भने ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोतले बनाएको छ । बादल निकट स्रोतले भन्यो, ‘हामीले ओली प्रतिगमनकारी हुन्, उहाँतिर लाग्नु अग्रगमन नमान्नु हो भनेर धेरै भन्यौं । तर उहाँको जोडबल ओलीतिरै लाग्न छ, हामी सम्झाउँदा सम्झाउँदा हैरान भइसक्यौ तर मान्नु भएको छैन ।’
संसद विघटन भएसँगै प्रधानमन्त्री ओली र बादलबीच पटक–पटक भेटवार्ता भएको छ भने सो भेटका क्रममा आफू प्रचण्ड–माधव पक्षतिर नरहेके बादलले ओलीलाई बताउँदै आएका छन् ।
स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् । स्रोतले त्यो आकर्षक अफर के हो भन्नेबारे स्पष्ट नखुलाएपनि ओली पक्षमा बादललाई कार्यकारी अध्यक्षसम्म बनाउनेसम्मको अफर गरिएको छ ।बुधबार भएको भेटमा पनि ओलीले यस्तै प्रस्ताव गरेको स्रोतको दावी छ ।
विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ ।
बादल समूहबाट मणि थापा यसअघि नै ओली समूहतिर गइसकेका छन् । उनको समूहबाट प्रतिनिधित्व गर्ने अन्य नेताहरु भने प्रचण्ड–नेपाल समूहतिरै लागेका छन् । बादललाई प्रचण्डतिरै लाग्त उनी समूहका भनेर चिनिएका नेताहरुले पटक पटक अनुरोध गरेपनि उनी राजी नभएका स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै भएको राजनीतिक उथलपुुथलसँगै नेकपा विभाजित बन्नेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया