सोमपाल, करण र कुशलले टी-टेन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्ट अनुसार राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्वय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् ।

युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको यस फ्रेन्चाईज लिगमा नेपाली राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् । तीनै जना खलाडी पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?