प्रचण्ड-नेपाल समूहका सांसदहरुको आयो यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसदहरुले प्रतिनिधी सभा विघटन नभएको र आफूहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

बुधवार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव समूहको सांसदहरुको भेलामा सहभागि भएका सांसदहरुले प्रतिनिधी सभाको विघटन नभएको र आफूहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद विघटन प्रक्रियागत हिसाबले कतैपनि नमिलेको विघटित प्रतिनिधि सभाका सांसद हरिबोल गजुरेलले बताए ।

विघटित प्रतिनिधि सभाका सदस्य (सांसद) जीवनराम श्रेष्ठले संविधानमा संसद विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गरे । सरकारको प्रतिनिधि सभा बिघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद जिवित रहेको प्रतिक्रिया दिए। उनले आफुहरुले सांसदको रुपमा काम पनि गरिरहेको पनि बताए ।

राष्ट्रिय सभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधि सभा विघटन नभएको बताए । प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै यसलाई खारेज गर्न आफूहरुले प्रतिवद्धता जायर गरेको उनको भनाई छ । उनले राष्ट्रिय सभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपिल गर्नुपर्ने पनि बताए ।

नेकपाका सांसदहरु प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भन्दै सर्वोच्च अदालत गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?