बानेश्वरमा शुरु भयो प्रचण्ड-नेपाल समूहको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको बैठक शुरु भएको छ ।

बानेश्वरस्थित संसद भवनमा शुरु भएको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
आजको बैठकमा १७४ मध्ये ९३ सांसदको उपस्थिती रहेको स्रोतले जनाएको छ ।

तत्कालिन एमाले र माओवादीको एकिकरणपछि दलको नेतामा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली रहेका थिए । प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि दुई चिरामा विभाजित नेकपामा केन्द्रीय सदस्य मनोनितदेखि प्रवक्ता छनोट साथै नेताहरुलाई आफ्नो पक्षमा पार्ने खेल शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?