काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । मंगलवार राति एट्लेटिकोले सोसिडाडमाथि २–० को जितहात पारेको हो ।

मारियो हार्मोसोले दोस्रो हाफको सुरुवातमै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा मार्कोस लोरेन्टीले गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे ।
डिएगो सिमोन नेतृत्वको एट्लेटिकोले लिगमा ३ अंकको अग्रतालाई कायमै राखेको छ ।
सोसिडाड २६ अंक सहित ला लिगाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियलको २९ र शीर्ष स्थानको एट्लेटिकोको ३२ अंक छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया