घरेलु मैदानमै युभेन्टस स्तब्ध

काठमाडौं । ईटालियन सिरि ए फुटबलमा युभेन्टस पराजित भएको छ । मंगलवार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टस फियोरेन्टिनासँग पराजित भएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्टस रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासँग ३–० ले स्तब्ध बनेको हो ।

चेल्सीका पूर्व मिडफिल्ड जु काउड्राडोले खराब ट्याकल गरेपछि १८ औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

पाहुना टोलीले खेलको सुरुवातमै डुसान भल्कोभिचको गोलमा अग्रता बनाएको थियो । युभेन्टसका लुबा सिल्भाले ७६ औं मिनेटमा आत्घाति गोल गरेपछि पाहुना टोली २–० ले अघि बढ्यो ।

खेल सकिन ९ मिनेट बाँकी छदाँ मार्टिन केसरसले फियोरेन्टिनालाई अप्रत्यासित जित दिलाए ।

पराजयसँगै ३ अंक गुमाएको युभेन्टस तालिकाको चौथों स्थानमा झरेको छ ।

फियोरेन्टिना १४ अंक सहित तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?