क्रिकेटर युजवेन्द्र चहलले धनश्रीसँग गरे विवाह

काठमाडौं । भारतीय राष्ट्रिय टीमका लेग स्पिनर बलर युजवेन्द्र चहलले विवाह गरेका छन् ।

उनले धनश्री बर्मासँग विवाह गरेका हुन् । यसको जानकारी चहलले सोसल मिडियामा फोटो शेयर गर्दै दिएका छन् ।

उनीहरुले आईपीएल ताका इन्गेजमेन्ट गरेका थिए । सोसल मिडियामा अहिले उनीहरुको विवाहको फोटो भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?