प्रचण्ड–नेपाल समूहका ५ नेता ओली समूहमा प्रवेश

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरमोत्कर्षमा पुगेसँगै नेताहरूको ‘बसाइँसराइ’ शुरू भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय समितिको बैठक राखेको थियो । बैठकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका भनिएका थप ५ नेता पनि सहभागी भएका छन् । यसरी गुट परिवर्तन गर्ने नेताहरू हुन्, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, शेरबहादुर तामाङ र प्रेम आले । तामाङ र आलेलाई यसअघि नेपाल समूहको रुपमा चिनिन्थ्यो भने रायमाझी, थापा र भट्टलाई प्रचण्ड समूहको रुपमा चिनिन्थ्यो ।

उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल भने कुनै समूहको बैठकमा सहभागी भएका छैनन् ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?